स्वास्थ्यकर्मी व्यवसायी संघद्धारा मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण

0
636

सुशीला रेग्मी

वैशाख ३, पाल्पा : पूर्वी पाल्पा स्वास्थ्यकर्मी व्यवसायी संघले मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण गरेको छ । बुधवार रामपुर नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच नगरपालिका कार्यालय, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय र संचार संस्थालाई मास्क, स्यानीटाइजर र ग्लोब्स वितरण गरिएको हो ।

पूर्वी पाल्पा स्वास्थ्यकर्मी व्यवसायी संघका अध्यक्ष निरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमणबहादुर थापा रहनुभएको हो । प्रमख अतिथि थापाले जोखिम मोलेर काम गर्ने नगरपालिका कार्यालय, प्रशासन कार्यालय, प्रहरी, पत्रकारलाई मध्यनगर गर्दै सामग्री वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

कोरना भाइरस सङ्क्रमणबाट बच्ने उपाय भनेको घरभित्र बस्ने, एक अर्का संग नछोइने भएका भाइरसबाट सजग रहन सबैलाई आग्रह गर्दै नगर प्रमुख थापाले पहिलो चरणको राहत वितरणको कार्यक्रम सम्पन्न गरेकाले दोस्रो चरणका लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ ।संघका सल्लाहकार अमृत काफ्लेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन कोषाध्यक्ष ईश्वरी बिसीले गर्नुभएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, पत्रकार लगायतको रोहबरमा सामग्री वितरण गरिएको हो । चार सय थान मास्क, ७५ थान स्यानीटाइजर, आठ सय थान ग्लोब्स वितरण गरिएको संघले जनाएको छ । पूर्वी पाल्पा स्वाथ्यकर्मी व्यवसायी संघमा रामपुर नगरपालिका भित्रका १२ व्यवसायी स्वास्थ्यकर्मी आबद्ध छन् ।

SHARE