सिसिटिभीको निगरानीमा गुल्मीको तम्घास , मुख्यमन्त्रीद्धारा उद्घाटन

0
558

गुल्मी । तम्घास बजारमा सिसिटिभी जडान गरिएको छ । प्रदेश न। ५ सरकारको आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित बजेटबाट जडान गरिएका सीसीटिभीको मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्नुभएको छ । क्यामराको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यसबाट प्रहरीलाई दोषि पत्ता लगाउन आवश्यक पर्ने प्रमाणहरु पनि उपलब्ध भई अपराध नियन्त्रणमा कमी आउने विश्वास व्यक्त पनि गर्नुभयो ।

त्यसका साथै उहाँले सिसिटिभी क्यामराको सहि सदुपयोगका लागि पनि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभयो । मन्त्रालयको १५ लाख बजेटमा तम्घास बजारका विभिन्न ८ स्थानमा सिसिटिभी जडान गरिएको सुचना प्रविधि व्यवसायी कृष्ण खनालले जानाकारी दिनुभयो ।

बसपार्कमा दुईथान, भगभति मन्दिर चोकमा दुईथान, पुतलिबजार चोकमा एकथान, नयाँबजार एकथान र शहिदचोक दुईथान सिसिटिभी क्यामरा जडान गरिएको हो । यस क्यामराले बजारको गतिविधि प्रहरी कार्यालयको कन्ट्रोल कक्ष जुम र फोकसमार्फत अवलोकन गर्न सकिने प्रहरी प्रमुख दीपक कुमार बस्नेतले जानकारी दिनुभयो ।

अपराध नियन्त्रण, दोषि पत्ता लगाउने, दुर्घटना न्यूनिकरण लगायतका पक्षमा जडान गरिएको क्यामराले सहयोग पुग्ने बस्नेतले जानकारी गराउनुभयो । यस किसिमको क्यामराबाट तीन महिना अगाडीसम्मको भिडियो हेर्न सकिनेछ ।

SHARE