नमस्ते रामपुर यातायातद्धारा रामपुर नगरपालिकालाई राहत सहयोग

0
659

सुशीला रेग्मी

रामपुर (पाल्पा), २९ चैत : नमस्ते रामपुर यातायात प्रालीले रामपुर नगरपालिकालाई राहत रकम सहयोग गरेको छ । शनिवार नगरपालिकाको कार्यालयमा पुगेर प्रालिले राहत रकम बापत रु पचास हजार रकमको चेक हस्तान्तरण गरिएको छ ।

संस्थाका पदाधिकारी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय प्रमुख अशोकुमार आचार्य, पत्रकार लगायतको रोहबरमा नगर प्रमुख रमणबहादुर थापालाई कार्यबाहक अध्यक्ष भोजराज भट्टराईले राहत रकम हस्तान्तरण गनुर्भयो । अति विपन्न, गरिव परिवारका नागरिकका लागि लकडाउनका बेला राहत पुगोस् भनी नगरपालिकालाई रु पचास हजार बराबरको राहत रकम सहयोग गरिएको कार्यवहाक अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

राहत रकम हस्तान्तरण कार्यक्रमको संचालन प्रालिका व्यवस्थापक भेषराज पोखरेलले गर्नुभएको हो । पछिल्लो समय नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको राहत रकम पहिलो चरणमा राहत पाउनबाट छुटेका नागरिकको लगत सङ्कलन गरेर वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

रामपुर नगरपालिकाले पहिलो चरणका नगरका दशवटै वडामा एक हजार ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । जसबाट चार हजार एक सय ३८ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

SHARE