एकिकृत मगर उत्थान समाजद्धारा रामपुरको प्रकोप व्यवस्थापन कोषमा राहत सहयोग

0
1059

सुशीला रेग्मी

चैत २३, पाल्पा : एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम सहयोग गरेको छ । आईतवार नगरपालिकाको कार्यालयमा पुगेर रकम हस्तान्तरण गरिएको छ । समाजका अध्यक्ष रामबहादुर हिस्की मगरको अध्यक्षतामा एक कार्यक्रमका बीच राहत रकम हस्तान्तरण गरिएको हो ।

राहत स्वरुप रु ८२ हजार ३ सय ९० रकम समाजका अध्यक्ष मगर, नेपाल मगर संघ रामपुर नगरका कार्यवहाक अध्यक्ष दुर्गादेवी राना, एकिकृत मगर उत्थान अक्षयकोषका संयोजक क्याप्टेन देवबहादुर थापा मश्राङ्गी, मगर रेन्जा समुहका अध्यक्ष रामप्रसाद थापा लगायत उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिकान्त आचार्य, पत्रकार लगायतको रोहबरमा नगर प्रमुख रमणबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

समाजले रामपुर नगरपालिकाको राहत वितरण कार्यलाई सहयोग पु¥याउन गरेको यो कार्यले ठुलो सहयोग पुग्ने भएकाले अति विपन्न बिहान साँझ छाक टार्नै मुस्किल परेका नागरिकलाई सहयोग गर्ने नगर प्रमुख थापाले बताउनुभएको छ । उहाँले कोरना भाइरसको सङ्क्रमणले विश्व विषम परिस्थितीमा रहेकाले यसबाट बच्ने उपाय घरभित्रै बस्ने र अरु संग नजिक नहुने भएकाले सजग रहन आग्रह गर्नुभएको छ । राहत रकम सहयोग कार्यक्रमको संचालन समाजका सचिव रामबहादुर रानाले गर्नुभएको हो ।

समाजमा आबद्ध रहेका रामपुर नगरपालिका भित्रका विभिन्न समुहबाट सङ्कलित रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरिएको कमल रानाले जानकारी दिनुभएको छ ।

SHARE