
सुशीला रेग्मी
चैत १८, पाल्पा : रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको अध्यक्षमा राजुप्रसाद श्रेष्ठ सर्वसहमतीमा चयन हुनुभएको छ । श्रेष्ठले यस संस्थामा स्थापनाकाल देखि सचिव पदमा रहेर आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
नवनिर्वाचित श्रेष्ठले रामपुर नगरपालिकाको बिशेष समन्वय समिति सदस्य, रामपुर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य तथा रामपुर नगर ईन्चार्ज, नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्लाका उद्योग वाणिज्य विभागको प्रमुख पदमा रहेर काम गर्दै आउनुभएको छ ।

नवगठित समितिको उपाध्यक्षमा हजुलदिन मियाँ, सचिवमा शालिग्राम सिग्देल, कोषाध्यक्षमा विष्णुमाया ढकाल, सदस्यहरुमा कमल सेन, सिर्जना पौडेल, टेकबहादुर विक, लोकनाथ ढकाल, मुना थापा रहनुभएको छ ।
त्यस्तै ब्लक नं १ को संयोजकमा हरिनाथ ढुंगाना, ब्लक नं २ को संयोजकमा श्रीराम कंडेल, ब्लक नं ३ को संयोजकमा चन्द्रकान्त भण्डारी, ब्लक नं ४ को संयोजकमा विष्णुप्रसाद लम्साल, ब्लक नं ५ को संयोजकमा मधुसुदन पोखरेल, ब्लक नं ६ को संयोजकमा प्रेमबहादुर पोखरेललाई छनौट गरिएको छ ।
आजै नयाँ समितिले पूर्ण पाएसंगै नयाँ कार्यसमितिलाई पदस्थापना, बधाई तथा शुभकामना दिइएको छ । निवर्तमान अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, निर्वाचन समिति सदस्य बालकृष्ण लम्साल, रामपुर नगर समन्वय समिति सदस्य नेत्रप्रसाद भट्टराई लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
निवर्तमान उपाध्यक्ष हुमनाथ न्यौपानेको स्वागतबाट सुरु सुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य सूर्यप्रसाद घिमिरेले गर्नुभएको हो ।
नवनिर्वाचित राजुप्रसाद श्रेष्ठले संस्थाको नीति नियममा रहेर काम गर्ने प्रतिबद्धता जनाउनदै आफुलाई अध्यक्ष पदमा चयन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
आजै अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बैठक बसेको छ । बैठकले नयाँ कार्यसमिति चयन गराउन सहयोग गराउनुहुने सबैलाई धन्यवाद दिएको छ भने चैत महिनाको खानेपानीको महशुलमा पचास प्रतिशत ग्राहकलाई छुट दिने निर्णय भएको छ ।
चैत महिनाको खानेपानी महशुलको शुल्क पछि उठाइने तर मिटर रिडिङ्गको बिलम्व जरिवाना नलिने, नेपाल सरकार र बुटवल पावर कम्पनी संग विद्युत् महशुल छुट गर्न अनुरोध गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।








