ग्रामीण जागरण युवा समाजद्धारा क्वारेन्टाइनमा रहेकालाई खाद्यान्न तथा नगद सहयोग

0
883

सुशीला रेग्मी

रामपुर (पाल्पा), १५ चैत : रामपुर नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बसेका नागरिकका लागि ग्रामीण जागरण युवा समाजले खाद्यान्न तथा नगद सहयोग गरेको छ ।

रामपुर नगरपालिका ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन कक्षमा बसेका नौ जना नागरिकको लागि खाद्यान्न तथा नगद सहयोग गरिएको हो । समाजले शनिवार दाल, चामल, तरकारी, दुध, अण्डा, तेल, फलफुल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष मनोरथ भट्टराईले बताउनुभयो ।

क्वारेन्टाइन कक्षमा बसेका नागरिकलाई खाद्यान्न सहित नगद रु ११ हजार सात सय सहित ३१ हजार पाँच सय बराबरको रकम वडा अध्यक्ष हिमाल मल्ललाई हस्तान्तरण गरिएको छ ।

समाजका सदस्य, सामाजिक व्यक्तित्वहरुबाट प्राप्त खाद्यान्न तथा रकम सहयोग गरिएको उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।

क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई शनिबार विहानसम्म होटेलबाट खानाको व्यवस्था गरेपनि अहिले होटेल पाउनै मुस्किल भएको वडा अध्यक्ष हिमाल मल्लले बताउँदै सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

SHARE