ईस्लामिक सक्रिय युवा समाजद्धारा खाद्यान्न सामग्री सहयोग

0
554

सुशीला रेग्मी

रामपुर (पाल्पा), १५ चैत :  सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई खाद्यान्नका सामग्री सहयोग गरिएको छ ।

ईस्लामिक सक्रिय युवा समाज रामपुरले लकडाउनको मारमा परेका अति विपन्न चौध घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो । दाल, चामल, च्युरा, तेल र नुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेको समाजका अध्यक्ष ल्याकत अलिमियाँले बताउनुभयो ।

“दैनिक ज्यालादारी गरेर खाने विपन्न परिवार लकडाउनको मारमा परेका छन्, काम गर्न नपाएपछि बिहान साँझ घरको चुल्होमा आगो नबलेका परिवारलाई छनौट गरी खाद्यान्न सामग्री सहयोग गरेका हौँ” उहाँले भन्नुभयो ।

पहिलो चरणमा चौध घरपरिवारलाई प्रतिपरिवार दश किलो चामल, दुई किलो चिउरा, दुई किलो दाल, दुई लिटर खाने तेल, एक किलो चिनी र एक किलो नुन वितरण गरिएको छ ।

साँझ बिहान घरमा चुल्होमा आगो बाल्न नसक्ने अवस्थाका नागरिकलाई लकडाउनका समयमा भोकमरीबाट बचाउन खाद्यान्न सहयोग गर्ने समाजका सदस्य रहिम मियाँले बताउनुभयो ।

लकडाउनका कारण बिशेषगरी दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरु मारमा परेका छन् । साँझ बिहानको गुजारा चलाउन समस्या पर्न थालेको उनीहरुको गुनासो छ ।

SHARE