पाल्पामा लकडाउनको अवज्ञा गर्ने ८९ सवारी साधन नियन्त्रणमा

0
742

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ चैत : लकडाउनका समयमा पाल्पा जिल्लाभरीमा ८९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।

जिल्लाका विभिन्न स्थानमा लकडाउनको अवज्ञा गरी चलाइएका सवारी साधन नियन्त्रणमा लिएर सवारीधनीलाई सचेत बनाइएको छ ।

तानसेन नगरपालिकामा ३० मोटरसाइकल र ११ ट्रक गरी ४१ सवारी साधन र रामपुर नगरपालिका क्षेत्रबाट ३२ वटा मोटरसाईकल, नौ स्कुटर, पाँच ट्रक र दुई ट्याक्टर गरी ४८ सवारी साधन नियन्त्रणमा लिइएको लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका ती सवारी साधनलाई कागज बनाएर छाडेको प्रमुख काफ्लेले बताउनुभयो । अटेर गरी नियमको उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएको छ । नियन्त्रणमा लिइएका सवारी साधन प्रहरीले सचेत गराएर छाडेको छ । बुधवार देखि अवज्ञा गरी चलाएमा नियन्त्रणमा लिएर राख्ने प्रहरीले जनाएको छ ।

SHARE