सुर्योदय कृषि सहकारीको नयाँ समिति चयन, अध्यक्षमा खनाल

0
880

सुशीला रेग्मी

चैत ११, पाल्पा :  सुर्योदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको नया कार्य समिति गठन गरेको छ । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा बेझाड बजारमा बसेको बैठकले नयाँ समिति गठन गरेको हो । नवगठित समितिको अध्यक्षतामा टंकनाथ खनाल, उपाध्यक्षमा मित्रलाल गौतम, सचिव राजकुमार मानन्धर, कोषाध्यक्ष बिन्दु श्रेष्ठ रहनुभएको छ । समितिको सदस्यमा विस्नुप्रसाद रेग्मी, विनोदकुमार श्रेष्ठ, चोलाकान्त उपाध्याय, धर्मराज ढकाल, फणेश्वर गौतम, रुद्रनारायण श्रेष्ठ, जीवन सिं ठकुरी, लेखनाथ पोखरेल रहनुभएको छ ।

सोमबहादुर सेन संयोजक रहेको तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । जसको सदस्यमा विनोद पंगेनी र सरस्वती अर्याल रहनुभएको छ । बैकका अवसरमा नेकपा नगर कमिटी अध्यक्ष कमलराज भट्टराई, निर्वाचन मण्डलका संचालक भुपति पाण्डे, राजुप्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद बस्ताकोटिले बोल्दै नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

SHARE