पाल्पा रामपुरको तालपोखरामा सिसि क्यामेरा जडान

0
523

सुशीला रेग्मी

रामपुर (पाल्पा), ९ चैत  :सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै तालपोखरा परिषरमा सिसि क्यामेरा जडान गरिएको छ । पर्यटकिय गन्तव्यस्थलका रुपमा रहेको तालपोखरामा पछिल्लो समय पर्यटकको आवागमन बढ्न थालेपछि निगरानीका लागि सिसि क्यामेरा जडान गरिएको तालपोखरा संरक्षण विकास समितिका सचिव सुनिल देवकोटाले बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं ६ को सहयोगमा तालपोखरा पार्किङ्ग क्षेत्रमा चार वटामध्ये तीन वटा क्यामेरा जडान गरिसकिएको छ भने एक वटा जडान गर्न बाँकी रहेको तालपोखरा संरक्षण विकास समितिका अध्यक्ष सागरप्रासद देवकोटाले बताउनुभयो ।

पर्यटकिय क्षेत्र भएको हुदा पर्यटक आउने जाने क्रम बढ्दै गएको हुदा यहाँको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले सिसि क्यामेरा जडानका लागि करिव ७० हजार रकम सहयोग गर्ने वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

उहाँले वडामा संचालित विभिन्न वित्तिय संघ संस्थालाई छलफल, भेला जस्ता कार्यक्रम नराख्न पनि आग्रह गर्नुभएको छ । तालपोखरा क्षेत्रमा आठ वटा सम्म क्यामेरा जडान गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

SHARE