रामपुरमा संघ संस्थालाई मास्क वितरण 

0
654

सुशीला रेग्मी

चैत ९ पाल्पा : कोरना भाइरसको संक्रमणबाट सजग रहन अनुरोध गर्दै तरुण दल रामपुर नगरपालिका पाल्पाले विभिन्न संघ संस्थालाई मास्क वितरण गरेको छ । आइतवार रामपुर स्थित विभिन्न संघ संस्थामा तरुण दल नगरको टोली पुगेर मास्क वितरण गरेको हो ।

सामुदायिक रेडियो रामपुर, रेडियो पाल्पा, रामपुर अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र, किसानबारी बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय रामपुर, भुपु सैनिक राइजिङ्ग बोर्डिङ्ग स्कुल, मदरसा नुरुल हुदा आधारभुत विद्यालय, रामपुर नगरपालिका वडा नं ३ र ७ को कार्यालयलाई मास्क वितरण गरिएको छ ।

यस्तै रामपुर नगरपालिका ३ स्थित शित्तलनगर आमा समुह लगायतका संघ संस्थालाई मास्क वितरण गरेको तरुण दल नगर सभापति शंकरबहादुर खाँणले जानकारी दिनुभएको छ । नगर सभापति खाँणको संयोजकत्वमा संघ संस्थामा कोरना भाइरसको संक्रमणबाट बच्न र सजग रहन जनचेतना दिदै मास्क वितरण गरिएको हो । आइतवारमात्र करिव एक हजार मास्क वितरण गरेको छ भने तरुण दलले रामपुर बेझाड बजारबाट सर्वसाधारणलाई एक हजार मास्क वितरण गरिसकेको छ । रामपुरमा मास्कको आवश्यकता हेरेर पुनः मास्क वितरण गर्ने तरुण दल नगर सह सचिव प्रकाश क्षेत्रीले जानकारी दिनुभएको छ । बाटोमा आवतजावत गर्ने सर्वसाधारणलाई भाइरसबारे सजग रहन सल्लाह दिदै मास्क प्रदान गरेको छ ।

SHARE