रामपुर नगरपालिकाले काठमाण्डौँ—रामपुर निशुल्क बस सेवा दिदै

0
1623

सुशीला रेग्मी

चैत ८, पाल्पा : विश्वभर फैलिएको कोरना भाइरसलाई मध्यनजर गर्दै पाल्पाको रामपुर नगरपालिकाले काठमाण्डौँमा बसोबास गर्ने रामपुरका नागरिकलाई घर सम्म पुग्न निशुल्क बसको व्यवस्था गरेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरना भाइरसको संक्रमणबाट सर्तक रहन अनुरोध गर्दै नगरपालिकाले रामपुरका नागरिकलाई काठमाण्डौँबाट घर फर्कन बस सेवाको व्यवस्थापन गरेको हो ।

कोरना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले शुक्रवार लामो दुरीका सार्वजनिक सवारी साधनमा रोक लगाउने घोषणा गरेपछि नगरपालिकाले सहज यात्राका लागि बस सेवा उपलब्ध गराएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“लामो दुरीका सार्वजनिक सवारी साधनमा रोक लगाउने सरकारले शुक्रवार घोषणा गरेपछि गाउँ फर्कनेको चाप बढेकाले उनीहरुलाई सहज रुपमा यात्रा गराउन नगरपालिकाले निशुल्क बस सेवा संचालन गरेको हो” नगर प्रमुख थापाले भन्नुभयो ।

चैत ९ गते दिउँसो चार बजेभित्रमा सम्पर्क गरी नाम टिपाउन नगरपालिकाले सुचना जारी गरी अनुरोध गरेको छ । घर फर्कन गाडी नपाएर बसेका ईच्छुक व्यक्तिले ९८४७४५५६११ (रामु) र ९८६०१६९३२५ (हरी) मा सम्पर्क गरी आफ्नो नाम आईतवार चैत ९ गते साँझ ४ बजे सम्ममा टिपाउन नगरपालिकाले सर्वसाधारण नागरिकमा सुचनामार्फत अनुरोध गरेको छ ।

SHARE