रामपुरको रामतुलसी माविको आठकोठे पक्की भवन शिलन्यास

0
814

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ चैत  : रामपुर नगरपालिका ५ स्थित रामतुलसी माविमा निर्माण हुन लागेको आठकोठे पक्की भवनको शिलन्यास गरिएको छ । सो भवनको नगर प्रमुख रमणबहादुर थापाले शिलन्यास गर्नुभएको छ ।

रामतुलसी माविले शैक्षिक तथा भौतिक क्षेत्रमा फड्को मार्दै गएको बताउँदै जिल्लाको मात्र नभई नेपालकै नमुना विद्यालयका रुपमा पहिचान बनाउने लाग्न सबैलाई नगर प्रमुख थापाले अनुरोध गर्नुभयो ।

उहाँले शिक्षाको क्षेत्रमा नगरपालिकाले पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधार गर्दै गएको जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयबाट नमुना विद्यालय शीर्षकमा प्राप्त रु एक करोडको वजेटमा भवन निर्माण कार्य थालिएको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठले बताउनुभयो । सो भवन आउँदो असार मसान्त भित्र सम्पन्न गरी कक्षा संचालन गरिने विद्यालयले जनाएको छ ।

यस विद्यालय जिल्लाको नमुना विद्यालयका रुपमा रहेको छ । यस शैक्षिक सत्रमा करिव दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन हुदै आइरहेको छ ।

SHARE