नोबेल कोरना भाइरसबारे नागरिकलाई सचेत बनाइदै

0
521

सुशीला रेग्मी

चैत ७, पाल्पा : विश्वभर महामारीको रूपमा फैलिएको नोबेल कोरना भाइरसबारे सचेतनामुलक छलफल कार्यक्रम रामपुर नगरपालिका वडा नं ७ मा भएको छ । वडावासीलाई भाइरस संक्रमणबाट सजग रहन वडा कार्यालयमा नै नागरिकलाई स्यानीटाइजरले हातधुने प्रबिधिबारे जानकारी दिइएको छ ।

वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीले हात धोएर उद्घाटन गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, टोल संयोजक, वडावासी, कर्मचारी, पत्रकार लगायतको सहभागीता रहेको थियो । वडा अध्यक्ष पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक वडा सचिव गिता पौडेलले गर्नुभएको हो । टोल संयोजकहरुको नेतृत्वमा आ आफ्नो टोल टोलमा सचेतना जगाउने कार्यक्रम रहेको वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले जानकारी दिनुभएको छ ।

यसैगरी रामपुर नगरपालिका वडा नं ७ मा टोल संयोजकको भेला बसेको छ । वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीको अध्यक्षतामा वडा कार्यालयमा भेला बसेको हो । भेलामा वडाका योजनाका सन्दर्भमा छलफल भएको वडा सचिव धनेन्द्रराज खनालले जानकारी दिनुभयो । वडामा भए गरेका विकास निर्माणका योजना छिटो सम्पन्न गर्न वडा अध्यक्ष पंगेनीले अनुरोध गर्नुभएको छ ।

SHARE