रामपुरमा खेलाडीलाई सम्मान

0
533

सुशीला रेग्मी

चैत २, पाल्पा : रामपुर नगरपालिका वडा नं ६ पाल्पाले खेलाडीलाई सम्मान गरेको छ । मेयर कप २०७६ फुटवल लगायतका विभिन्न विद्यामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई सम्मान गरिएको छ ।

रामपुर नगरपालिका वडा नं ८ भुजात सिद्दबाबाधाममा वडा अध्यक्ष हुमनाथ न्या‌ैपानेको अध्यक्षतामा एक कार्यक्रम गरि खेलाडीलाई सम्मान गरिएको हो । वडा सदस्य यमबहादुर भुजेलको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमणबहादुर थापाले खेललाई व्यवसायिक बनाउन आवश्यक रहेको बताउदै नगरले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जाएर गर्नुभएको छ ।

वडा सल्लाहकार विष्णुमाया ढकालले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, सल्लाहकार देवराज ढकाल, नगर खेलकुद विकास समिति संयोजक शंकरबहादुर खाण, पत्रकार प्रकाश नेपाल लगायतले बोल्दै शुभकामना दिनुभएको छ ।

SHARE