रामपुरमा सहकारी एेन नियमावली सम्बन्धि अनुशिक्षण कार्यक्रम

0
1324

सुशीला रेग्मी
चैत १ पाल्पा :
सहकारी एेन नियमावली तथा प्रोवेशन म्यानुअल सम्बन्धि छलफल तथा अनुशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी एेन, सहकारी नियमावली लगायतका विषयमा जानकारी दिइएको छ । संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन संचालक समिति सदस्य बाबुरामश्रेष्ठले गर्नुभएको हो । होटल नमस्ते पाल्पाको सभाहलमा भएको कार्यक्रममा सहकारी संचालक समिति सदस्य, लेखा समिति सदस्य, विभिन्न उपसमिति सदस्य, कर्मचारीलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।

तालिमको सहजिकरण संचालक समिति सचिव लेखनाश शर्मा मरासिनी, सदस्य राजेन्द्रप्रसाद बस्ताकोटि, व्यवस्थापक रामचन्द्र अधिकारी, लेखा प्रमुख गोविन्द पाठकले गर्नुभएको हो ।

SHARE