दैनिक अंगुर खाँदा यस्ता चमत्कारी फाईदा हुन्छ

0
722


धेरैलाई मनपर्ने फलफुल मध्ये हो अंगुर । गुणकारी फल अंगुर पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । अंगुरमा पोटासियम, कार्बोहाइड्रेड, भिटामिन ए, क्याल्सियम, आइरन, भिटामिन सी, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । दैनिक अंगुरको सेवन गर्दा शरिरलाई पुर्याउने फाइदाबाट सन्तुष्ट प्राप्त गर्न सकिन्छ ।

१.तपाईंको मुटु स्वस्थ हुन्छः अंगुरमा पाइने एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ । जसले मुटुसम्बन्धी रोगलाइृ न्युनिकरण गर्छ । साथै यसमा पाइने पोलिफेनोलले मुटुलाई पनि स्वस्थ राख्छ । अंगुरमा पाइने पोलिफिनोलले एलडीएल ब्याड कोलेस्ट्रोल घटाउँछ । रक्तचाप कम गर्छ । शरिर सुनिन्न कम गर्छ ।

२.तपाईंको पाचनक्रिया बलियो हुन्छः अंगुमार फाइबर पाइन्छ । जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा पाइने इन्सोलुबल फाइबरले पेटलाई सफा राख्छ । कब्जियतको समस्या भएका व्यक्तिलाई अघुलनशील फाइबर निकै फाइदाजनक हुने हुँदा पाँचन प्रक्रियामा पनि सहयोग पुग्छ ।

३.तपाईंलाई उर्जावान् राख्छः अंगुरमा पाइने कोर्बोहाइड्रेडले प्राकृतिक इनर्जी प्रदान गर्छ । अंगुरले शरिरलाई एकाएक उर्जावान महसुस गर्छ । यसमा अत्याधिक फाइबर पाइने भएकाले लामो समयसम्म उर्जा दिइरहन्छ ।

४.तपाईंको मृगौला स्वस्थ रहन्छः अंगुरमा पाइने एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले हानीकारक तत्वलाई बाहिर निकाल्छ । एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनालई बाहिर निकाल्ने काम गर्छ ।

५.विभिन्न क्यान्सरबाट जोगाउँछः अंगुरमा रेस्भेराट्रोलजस्ता पोलिफेनोल्स र एन्टिक्यान्सर गुणले स्तन क्यान्सर जस्ता रोगहरुबाट जोगाउँछ ।

६.सास फेर्न सहज बनाउँछः बदाम काजुलगायतका नट्स र फलफूलमा अंगुर खाने बच्चामा दमको लक्ष्ण कम देखिन्छ । किनकी अंगुरमा पानीको मात्रा धेरै हुने गर्छ ।

७.तपाईं बलियो हुनुहुनेछः अंगुरले मांसापेशीलाई बलियो बनाउँछ । अंगुरको बोक्रामा पाइने क्याटेचिन्स, क्वेरसेछिन र रेस्भेराट्रोलले दौडँदा धेरैसम्म थकान महसुस नगराउने, फिट राख्ने गर्छ ।

SHARE