प्रथम पाल्पा महोत्सव सुरु , नेपालमा कोरना भाइरस संक्रमण छैन : स्वास्थ्य तथा कानुन मन्त्री ढकाल

0
891

सुशीला रेग्मी

फागुन १, पाल्पा :स्वास्थ्य जनसंख्या तथा कानुन मन्त्री भानुभक्त ढकालले नेपालमा कोरना भाइरसको संक्रमण हालसम्म नभेटिएको बताउनुभएको छ ।

पाल्पा व्यापार संघले आयोजना गरेको प्रथम पाल्पा महोत्सवको बिहिवार उद्घाटन गर्दै मन्त्री ढकालले विश्वभरमा करिव ४५ हजार मानिस यो रोगबाट संक्रमण भएको, चार सय मात्र चीन भन्दा बाहिरका नागरिक भएको र चीनमा रहेका नेपालीहरुमा यो रोगको संक्रमण हालसम्म नभेटिएको बताउनुभयो । यो रोग प्राणीबाट मानिसमा सर्ने भएकाले यसलाई नोबेल कोरना भनिएको हो । नेपालमा गलत सूचनाका कारण यो रोगबारे भ्रम फैलिएको उहाँको दाबी छ । फरक प्रसङ्गगमा मन्त्री ढकालले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेको तीन महिना मात्र भएकाले अबको तीन महिनापछि स्वास्थ्यका क्षेत्रमा देखिने गरी प्रगती हुने उहाँको धारणा छ । महोत्सव फागुन १ बाट ११ गते सम्म तानसेनको दमकडामा चल्नेछ ।

SHARE