रामपुरमा खेलाडीलाई सम्मान

0
677

सुशीला रेग्मी

माघ २६, पाल्पा

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा खेलाडीलाई सम्मान गरिएको छ । गत माघ १५ देखि १८ गते सम्म संचालन भएको तेस्रो मेयर कपमा विभिन्न विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई सम्मान गरिएको हो ।

वडा सदस्य सावित्रा गौतमको स्वागतबाट सुरु भएको कार्यक्रमको उद्देश्यबारे वडा सदस्य विष्णुप्रसाद बस्यालले जानकारी गराउनुभएको थियो । वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा कार्यक्रम भएको हो । मेयर कपमा सहभागी खेलाडी र खेलकुदमा सहयोग गर्ने व्यक्ति, पत्रकारलाई खादा ओढाएर सम्मान गरिएको छ ।

मेयर कप अन्तर्गत वडाले डोरी तान्ने प्रतियोगितामा प्रथम, फुटबल प्रतियोगितामा द्धित्तिय, पुरुष भलिबलमा तृतीय स्थान र क्रिकेट प्रतियोगितामा फेयर ल्पे अवार्ड जितेको छ । कार्यक्रममा वडा सदस्य काशीनाथ रेग्मी, वडा खेलकुद विकास समितिका सचिव विश्वनाथ कंडेल, खेलाडीको तर्फबाट अनिल सुनार लगायतले बोल्दै खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ । होटल नमस्ते पाल्पामा भएको कार्यक्रमको संचालन वडा सचिव सबिता रानाले गर्नुभएको हो

 

SHARE