दुग्ध व्यावसायीका चुनौती : कामदार र सहुलियत कर्जा

0
87

टोपलाल अर्याल

गुल्मी, २० असार : गुल्मीको धुर्कोट गाउँपालिका–५ का ४३ बषीय रबिन्द्र घिमिरे शहरमा डिग्री गरे गाउँमा फर्किएर कृषि गरिरहेका छन् । उनी जिल्लाका व्यावसायीक पशुपालक कृषक हुन् । उनले तीन बर्षदेखि उन्नत जातका गाईभैसी पालन गरिरहेका छन् ।

पछिल्लो समय फर्ममै गाउँको दुध संकलन गरेर बिक्री पनि गर्छन् । उनले आगामी असोजसम्म व्यावसायको लगानी एक करोड २० लाख पुराउने योजनामा बनाएका छन् । अहिले आफ्नै फर्मको डेढ सय र बाहिरको गरेर दैनिक चार सय लिटर दुध बिक्री गरिरहेको घिमिरेले बताए । ०५२ सालमा हिमालय माविबाट एसएलसी सकेर काठमाण्डौ हानिएका घिमिरे २५ बर्षपछि गाउँ फर्किर ०७८ सालबाट पशुपालन व्यावसायमा लागेका हुन् । उनले ०६५ सालमा मास्टर डिग्री सकेर विभिन्न क्षेत्रमा संलग्न भए । तर, उर्जालाई गाउँकै माटोमा खर्चने सपना बोकेर घर फर्किएका घिमिरे पशुपालन व्यावसायमा उदाहरणीय पात्र हुन् । उनले दैनिक चार जनालाई पूर्णकालिन रोजगारी दिएका छन् । घिमिरेले सरकारले सहुलियतपूर्ण कर्जा दिने र प्रसस्त कामदार पाइने अवस्था रहे व्यावसायबाट पलायन हुने स्थिती नहुने बताए । ‘कृषि पेसामा सवैभन्दा ठूलो चुनौति कामदारको हो । मैले सरदर २० हजार दिएर चार जना राखेको छु,’उनले पेसा कामदारकै अभावमा जोखिममा छ ।’ अहिले कृषि पेसा गर्नेहरु टिक्न सकिरहेका छैनन् ।

 

उनलाई पनि राजधानीबाट फर्केर गाउँमा उद्यम गर्ने कुरा कसैले पत्याएनन् । परिवारको बुबाआमालाई समेत गत बर्षसम्म मेरो विश्वास नभएको घिमिरेले बताए । मिल्क एनालाइजर प्रदान गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले नयाँ योजनाको खोज भन्दा पनि काम गरिरहेका व्यावसायीक किसान पेसामा टिकाएर राख्ने कुरा सवैभन्दा बढि चुनौतिपूर्ण रहेको बताए । स–साना अनुदानभन्दा दिर्घकालिन कार्यक्रमबाट ठुला किसानलाई पेसामा अड्याउने र साना किसानहरुलाई उत्साहित बनाउन तीनै सरकार लाग्नुपर्नेमा खत्रीले जोड दिए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले अब अनुदानभन्दा लगानीमा सहयोग पुग्ने खालका पुरस्कारहरुको व्यावस्था पालिकाले गर्न थालेको बताए । प्राप्त गरेको पुरस्कारको व्यावसायमा लगानी सुनिश्चत हुने गरेर ठुला, मझौला र साना कृषकहरुलाई पुरस्कृत गरिने पोख्रेलले बताए ।

 

मिल्क ऐनालाइजर प्रदान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशुपन्छी तथा मत्स्य प्रविधी प्रर्दशन अन्तरगत मिल्क ऐनालाईजर हस्तान्तरण गरिएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुका कृषक रविन्द्र घिमिरेलाई मेसिन प्रदान गरेको हो । उनले तीन बर्षदेखि व्यावसायीक रुपमा उन्नत जातका गाईभैसी पालन र पछिल्लो समय दुग्ध संकलन व्यावसाय गरिरहेका छन् ।  बायोकेमिकल मिल्क ऐनालाईजरले उपभोक्ता, संकलक र उत्पादकलाई फाइदा हुने केन्द्रले जनाएको छ । यो मेसिनबाट दुधको शुद्धता मापन गारिन्छ ।

दुधमा पानीको मात्रा मापन गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पशु चिकित्सक डाक्टर नविना ढकालले जानकारी दिइन् । दुधको गुणस्तर अनुसार कृषकलाई दुधको मुल्य निर्धारण गर्न सजिलो हुने पानी र स्टार्च जस्ता तत्वको मिसावट हुने हुदा दुधको गुणस्तर सुनिश्चित गर्नका मेसिन उपयोगी हुने ढकालले बताइन् । उत्पादनको २० प्रतिशत दुध मात्रै बजारमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा वर्षमा २२ हजार २ सय ५८ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

जिल्लामा सुख्खा मौषममा केही मात्रामा दूधको आवश्यक परे पनि अन्यन्त्रबाट दूध ल्याएर बेच्नु पर्ने अवस्था नरहेको पाण्डेयले बताए । पाण्डेयले जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने गरेको बताए । ‘जिल्लामा उत्पादित ८० प्रतिशत दुध बजार पुग्दैन् । धेरैले घरमै खाएर दुध सक्छन्,’उनले भने,‘नागरिकमा व्यावसायीक सोच अभिबृद्धि हुनुपर्छ ।’ मिल्क एनालाइजर गुल्मी जिल्लामा हालसम्म पाँच स्थानमा वितरण भएको छ ।

 

यसअघि सत्यवती गाउँपालिका–६ को श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका –५ को सत्यवति दुग्ध उत्पादक सहकारी, रुरु क्षेत्र गाउँपालिकाको बम्घा दूग्ध उत्पादक सहकारी, र बस्नेत डेरीमा मिल्क एनालाइजर वितरण गरिएको पाण्डेयले जानकारी दिए ।

SHARE