रामपुरका कृषकलाई तरकारी खेती तालिम

0
434

सुशीला रेग्मी

माघ २२, पाल्पा :

पाल्पा रामपुर नगरपालिका वडा नं २ का कृषकलाई तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । एक वडा एक उत्पादनका लागि खुर्सानी र गोलभेँडालाई पकेट क्षेत्रका रुपमा नगरले घोषणा गरेपछि वडाले तरकारी उत्पादन बढाउन तालिम आयोजना गरेको हो ।

तरकारी खेतीबाट कृषकलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, वीउ विजन वितरण तथा तरकारी लगाउने प्रबिधिबारे तालिम दिने गरेको वडा अध्यक्ष ताराबहादुर थापाले बताउनुभयो ।

नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय र प्राबिधिक सुशील अधिकारीले बेमौसमी तरकारी लगाउने प्रबिधि सम्बन्धी कृषकलाई ज्ञान सीप सिकाउनुभएको हो । तालिममा वडाका ना समुहबाट २७ जना अगुवा कृषक सहभागी थिए ।

SHARE