नेपाल घरेलु तथा साना उद्योग महासंघ रामपुरको नगर सम्मेलन सम्पन्न

0
619

सुशीला रेग्मी

माघ २१, पाल्पा :

नेपाल घरेलु तथा साना उद्योग महासंघ रामपुरको नगर सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले घरेलु महासंघ र उद्योग महासंघले गर्ने कार्यक्रमबारे जानकारी दिदै संस्था सवैसँग समन्वय भएमा सफल हुने बताउनुभएको छ ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य प्रदिप उदय, जिल्ला अध्यक्ष कृष्ण कार्की लगायताले धारणा राख्नुभएको छ । बरिष्ठ उपाध्यक्ष दोवराज तिवारीको स्वाागतबाट शुरु भएको कार्यक्रमको संचालन महासविच खिमबहादुर केसिले गर्नुभएको हो ।

उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमले १३ सदस्यीय समिती पुर्नगठन गरेको छ । पुनः रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा समिती चयन भएको हो । समितीको वरिष्ठ उपाध्यक्षमा दोवराज तिवारी, महासचिवमा खिमबहादुर केसि, सचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा महेन्द्र श्रेष्ठ र अन्य सदस्यमा चुनिनुभएको छ ।

सिता ढकाल अध्यक्ष रहेको ९ सदस्यीय महिला उद्यमी समुह गठन भएको छ । वरिष्ठ उपाध्यक्ष राधिका भण्डारी, सदस्यहरु मनकुमारी सोति, चुनिसरा सुनारी, माया पाठक चुनिनुभएको छ भने बाकी सदस्य पछि मनोनयन गर्ने समितिले जनाएको छ ।

SHARE