सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ माघ : रामपुर नगरपालिकामा संचालन भएको तेस्रो मेयर कप अन्र्तगत वडास्तरिय खुल्ला फुटबल खेलको उपाधी वडा नं ६ ले हात पारेको छ ।
वडा नं ५ लाई पेनाल्टीमा तीन गोलले पराजित गर्दै मेयर कपको उपाधी वडा नं ६ ले जित्न सफल भएको छ । शनिवार साँझ अबेर सम्म भएको खेलमा उपाधी जित हात पारेसंगै वडा नं ६ का खेलाडी, जनप्रतिनिधि, वडाबासीले खुशियाली मनाएका छन् ।
मेयर कपको उपाधी जित्न सफल वडा नं ६ लाई नगद रु ६० हजार साथमा मेडल र शिल्ड प्रदान गरिएको छ । उपविजेता वडा नं ५ र तृत्तिय स्थान हासिल गर्न सफल वडा नं ७ लाई नगद क्रमश ः रु ४० हजार, २० हजार पुरस्कार प्रदान गरिएको छ ।
मेयर फुटबल कप प्रतियोगितामा नगरका दश वडा मध्ये नौ वडाका खेलाडी समुहले सहभागीता जनाएका थिए ।
वडास्तरिय पुरुष भलिवल र वडा स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधी वडा नं. १ ले, वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ ले जित्न सफल भएको छ ।
वडास्तरीय रसी तान्ने प्रतियोगिताको उपाधी वडा नं. ५ ले र वडास्तरीय सटपुट प्रतियोगिताको उपाधी वडा नं. ७ ले हात पारेको छ ।
वडास्तरीय पुरुष भलिवल प्रतियोगितामा वडा नं. १ ले प्रथम उपाधी, वडा नं २ ले द्धित्तिय र तृत्तियमा वडा नं ५ ले जित हात पारेको छ । महिला भलिवलतर्फ प्रथम उपाधी वडा नं १, द्धित्तिय वडा नं १० र तृत्तियमा वडा नं ४ विजयी भएको छ । विजयी समुहलाई पुरस्कार क्रमश ः नगद ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ ।
खुल्ला ब्याटमिन्टन प्रतियोगितातर्फ भानु वंशी र शंकर खाँण प्रथम, हरी सिंह र कमल खाँण द्धितिय, शिव श्रेष्ठ र जगत थारु, देव श्रेष्ठ र नविन भट्ट तृतिय हुनुभएको छ ।
यस्तै तेस्रो मेयर कप अन्तर्गत भएको खुल्ला म्याराथुन प्रतियोगिताको उपाधी रामपुर ३ का सन्दिप श्रेष्ठले जित हात पार्नुभएको छ भने रामपुर ६ का मनोज क्षेत्री द्वितिय, सुरेश कुमाल तृतिय हुनुभएको छ ।
मेयर कप अन्तर्गत सटपुटतर्फ प्रथम वडा नं. ७ का अर्जुन राना, द्धितिय वडा नं. ५ का देवबहादुर कुमाल, तृत्तिय वडा नं. ७ का विरजुन राना हुनु भएको छ । रसी तान्ने प्रतियोगितामा वडा नं. ५ का गणेश बंशीको समुह, द्धितिय वडा नं. ३ का श्याम मल्लको समुह र तृतिय वडा नं. ७ को समुह भएको छ ।
विजयी समुहलाई रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले पुरस्कार प्रदान गर्दै रामपुरमा खेलप्रति सबै उमेर समुहको चासो बढेको र खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकताका साथ काम गरेको बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर खाँणले बताउनुभयो । माघ १५ गतेबाट सुरु भएको मेयर अन्र्तगतका विविध प्रतियोगिता शनिवार सकिएको छ ।