सुर्योदय कृषि सहकारीद्धारा रामपुरका पत्रकार रेग्मी र राना सम्मानित

0
751

रामपुर (पाल्पा), १९ माघ : राष्ट्रिय समाचार समिति (रासस) रामपुरका समाचारदाता तथा सामुदायिक रेडियो रामपुरमा कार्यरत पत्रकार, कृषि पत्रकार संघ प्रदेश नम्बर पाँचका सदस्य सुशीला रेग्मी सम्मानित हुनुभएको छ ।

सूर्योदय कृषि सहकारी संस्था रामपुर पाल्पाको पाँचौ वार्षिकोत्सव तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकार रेग्मीलाई सम्मान गरिएको हो । पत्रकार रेग्मीले पत्रकारिता क्षेत्रमा सहकारीमा समाचार संप्रेषणमा उल्लेख्य भूमिका पु¥याएकोेले नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

यसैगरी पत्रकार रेग्मी संगै एभिन्युज टेलिभिजन रामपुर संवाददाता तथा रेडियो पाल्पामा कार्यरत पत्रकार इमान सिं रानालाई पनि सम्मान गरिएको छ । सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठ, संचालक समितिका पदाधिकारी र जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक अध्यक्ष मिरा मरासीनीले पत्रकार द्धयलाई संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मरासीनीले देश संघियतामा गइसकेपछि देशमा परिवर्तन आएको बताउदै समृद्धितर्फ लाग्न आफ्नो काम आफै गर्नुपर्ने बताउनुभयो ।

जनतालाई उकास्नका निम्ति सहकारीले सहकार्य गर्नुपर्ने बताउदै स्थानीय तहमा एउटा वडामा करोडौको वजेट आएको छ तर बाझिएका खेतवारिमा कृषि उत्पादन गरेर हराभरा बनाउनुपर्ने बताउनुभयो ।

SHARE