
सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ माघ : पाल्पाको तिनाऊ गाउँपालिकामा पशु सेवा कार्यालयको भवन निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले शिलन्यास गर्दै गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन ललितपुरको एक करोड ५० लाख बराबरको आर्थिक सहयोगमा दोभानमा बन्न लागेको पशु सेवा कार्यालयको भवन शुक्रवार शिलन्यास गरिएको छ ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका कर्मचारी विश्वनाथ भट्टराईले पाल्पा जिल्लामा आएको एकमात्र पशु सेवा भवन पशुपालनमा सम्भावना रहेकाले तिनाऊ गाउँपालिकालाई सिफारिस गरी भवन निर्माण कार्य सुरु भएको बताउनुभएको छ ।

भवन शिलन्यास कार्यक्रममा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पार्टी चक्रब्युह थापा, नेपाली कांग्रेस प्रतिनिधि पदम शाक्य, तिनाऊ गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत यादव अर्याल, पशु तथा कृषि शाखा प्रमुख हेमन्त शर्मा लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।
कार्यक्रम संचालन वडा नं २ का अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको हो । तिनाऊ गाउँपालिका भित्र पाँच देखि २५ वटा सम्म दुहुना गाई सहित २५ भन्दा बढी गाईफार्म रहेको छ । यस आर्थिक वर्ष देखि हेफर इन्टनेशनल संस्था संग साझेदारी गरी बाख्रापालन कार्यक्रम गर्न दुई करोडको रकम सम्झौता भएको छ ।








