फरक क्षमता भएका बालबालिकालाई स्टेशनरी सामाग्री प्रदान

0
656

सुशीला रेग्मी

रामपुर (पाल्पा), १६ माघ  :फरक क्षमता भएका बालबालिकालाई स्टेशनरीका सामग्री प्रदान गरिएको छ ।

बिहिवार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नेपाल पाल्पाले पुस्तक दिवसको अवसर पारी फरक क्षमता भएका बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको हो ।

पाल्पा सिबिआरको केयर सेन्टरमा रहेका १२ जना फरक क्षमता भएका बालबालिकालाई शिक्षण कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले स्टेशनरीका सामग्री सहयोग गरेको हो ।

शारीरिक रुपमा तथा मानसिक रुपमा अपाङ्गता भएका छ व्यक्तिबाट सुरु भएको केयर सेन्टरमा हाल १२ जना बालबालिका रहेको सिबिआर पाल्पा कार्यक्रम संयोजक कृष्ण गहतराजले बताए ।

केयर सेन्टर भन्दा बाहिर २८ जना बालबालिका अपाङ्गता रहेपनि विविध समस्याले समेट्न नसकेको उनले बताए । सिबिआरमा रहेका बालबालिकालाई विभिन्न दातृ निकायको र विभिन्न व्यक्तिबाट राखिएको अक्षयकोष रकमबाट दैनिक खर्च चलाउँदै आइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा सिबिआर पाल्पाका अध्यक्ष राजेन्द्रमुनि शाक्यले पुस्तक व्यावसायीहरुको यो पुन्य काम भएको र उपलब्ध सामग्रीहरु उपयोगी रहेको धारणा राखे । सरकारबाट सहयोग नभएको अबस्थामा व्यवसायीक ढंगबाट भएको सहयोगले आफुहरुलाई राहत भएको उनको धारणा छ ।

बालबालिकालाई १५ हजार बराबरको स्टेशनरीका सामग्री सहयोग गरिएको स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष किशोर भट्टराईले बताए । पाल्पामै एक मात्र बिशेष विद्यालयको रूपमा पाल्पा केयर सेन्टर विकास हुँदै गएको महासघका कोषाघ्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।

SHARE