विद्यार्थीलाई पर्यटकीय क्षेत्रको अवलोकन गराउँदै रामपुर आधारभुत

0
196

सुशीला रेग्मी
साउन १५,२०८० रामपुर(पाल्पा) : पाल्पाको रामपुर नगरपालिका ५ स्थित मटेरीमा रहेको रामपुर आधारभुत विद्यालयका शिक्षक विद्यार्थीको समुहले रामपुर नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई अवलोकन भ्रमण गराइएको छ ।

 

अवलोकन टोलीले रामपुर नगरपालिका वडा नं ६ मा रहेको पर्यटकीय ज्याग्दी पार्क, बाघको ढाड, तालपोखरा लगायतका क्षेत्रको अवलोकन गरेको प्रधानाध्यापक विजय शर्माले जानकारी दिनुभएको छ । साथै रामपुर अस्पतालमा विद्यार्थीको स्वास्थ्य परिक्षण समेत गराइएको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

“सैद्धान्तिक ज्ञानका अलवा आफ्नै गाउँ ठाउँमा रहेका पर्यटकीय, धार्मिक क्षेत्रको बेला–बेलामा अवलोकन गराउने गरिएको छ” उहाँले भन्नुभयो,–“यस कार्यले विद्यार्थीले पनि आफ्ना गाउँ ठाउँमा भइरहेका विकास निर्माणको बारेमा धेरै जानकारी पाउनेछन्”।

अवलोकन भ्रमणले धेरै कुरा सिक्ने अवसर पाउँदा विद्यार्थीहरु खुशी छन् । रामपुरको नमुना विद्यालयका रुपमा चिनिएको यस रामपुर आधारभुत विद्यालयले विद्यार्थीको मनोभावना बुझेर समयानुकुल शिक्षा प्रदान गर्दै आइरहेको छ । अवलोकन भ्रमण टोलीमा ७९ विद्यार्थी र १३ जना शिक्षक कर्मचारीको सहभागीता रहेको विद्यालयले जनाएको छ ।

SHARE