रामपुरका कृषकलाई तरकारीको वीउ 

0
821

सुशीला रेग्मी माघ १४, २०७६ पाल्पा  :

पाल्पाका रामपुर नगरपालिका वडा नं ४ का कृषकलाई विभिन्न कृषि विउ विजन वितरण गरिएको छ । नगरको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत विभिन्न जातका तरकारीका वीउ विजन वितरण गरिएको हो । वडाका नौ वटा कृषक समुहलाई अदुवा, बेसार, काक्रो, बोडी, करेला, भेण्डी, गोलभेँडा, सिमि लगायतका तरकारीका वीउ विजन कृषकलाई एक कार्यक्रमका बीच नगर प्रमुख रमणबहादुर थापाले वितरण गरेका हुन् । रामपुर नगरलाई कृषिबाट आत्मनिर्भर बनाउन र बाहिरबाट आयातित तरकारीलाई निरुत्साहित गर्न एक वडा एक उत्पादनमा जोड दिइएको उनले बताए । उत्पादन बृद्धि गरी आयस्रोत बढाएर आर्थिक क्षेत्रमा अब्बल बन्न नगर प्रमुख थापाले कृषकलाई अनुरोध गरे ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नगरले गरेका कामका बारेमा जानकारी गराए । बीउ विजन वितरण पछि कृषि तथा पशुपालन सम्बन्धी भएको अन्र्तक्रिया कार्यक्रममा कृषकले अनुदान भन्दा पनि खेती गर्ने प्रबिधिको सीप आवश्यक रहेको बताएका छन् ।

अन्र्तक्रियाको सहजिकरण कृषि शाखाका प्राबिधिक प्रज्ज्वल केसी र पशु सेवा शाखा प्रमुख तुल्सीराम काफ्लेले गरेका हुन् । वडा सदस्य मकबुल मियाँको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव रजनी भण्डारीले गरेकी थिइन् ।

वडा अध्यक्ष एकबहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो । कृषकहरुबाट माग आह्वान गरिएको र सोही आधारमा विउ वितरण गरिएको हो । कार्यक्रमका अवसरमा वडा नं. ४ का सात कृषक समुह र दुई व्यवसायिक फर्मलाई माग अनुसार बोडी, काँक्राको विउ तथा जैविक विषादी प्रदान गरिएको छ । मौलाथर कृषक समुह र मगर उत्थान कृषक समुहलाई बोडीको विउ सहित काक्राको विउ, अन्नपूर्ण कृषक समुह, सदावहार तरकारी उत्पादक कृषक समुह, शिवशक्ति महिला कृषक समुह, कालीका कृषक समुह, हाम्रो आधुनिक कृषि फार्म र ठाडा तरकारी तथा नर्सरी फार्मलाई काक्राको विउ र जैविक विषादी अनुदानमा प्रदान गरिएको हो ।

SHARE