राज्यको करोडौं लगानी , गुल्मी अस्पतालका महत्वपूर्ण स्वास्थ्य उपकरणले धुलो खाने

0
134

तिलाचन पाण्डे
जेठ २५ ,२०८० गुल्मीः २०७६ सालको अन्तिमबाट कोभिड माहामारीले विश्वनै आक्रान्त बन्यो , नेपाल पनि त्यसबाट अछुतो रहन सकेन ।

गुल्मीमा पनि कोभिडका बिरामीहरु एकाएक देखिन थाले , दिनानुदिन तम्घासको चिदीचौरमा दिनकै तीनवटा हेलिकप्टर सम्म बिरामीको उपचारका लागि चितवन ,काठमाडौ लैजानका आउन थाले । बिरामीहरुको स्वावलाई परीक्षण गर्नका लागि बुटवल र काठमाडौमा स्वाब पठाएको एक हप्तासम्म पनि परीक्षण रिपोर्ट आउन सकेन ।

त्यसैलाई मध्यनजर गर्दै जिल्लामै कोभिड ल्यावको संचालन गर्नका लागि २०७७ साल जेठ ३१ गते जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गर्यो ।
बैठकमा प्रयोगशाला लागि आवश्यक उपकरण खरिद गर्न र जनशक्ति व्यावस्थापनको लागि प्रति नगरपालिका १५ लाख र प्रति गाउँपालिका १० लाख उपलब्ध गराउने सहमति भयो ।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पिसीआर मेसिनको जोहो गरी २०७७ साल असोज १ गते तामझामका साथ कोभिड परीक्षण प्रयोगशाला ल्यावको उद्घाटन गर्नुभयो ।
करिब ५० लाखको पिसिआर मेसिनसहित प्रयोगशालाका सामग्रीहरु गरेर करिव एक करोड खर्च भयो ।

अहिले पिसिआर मेसिनसहितका स्वास्थ्य सामग्री प्रयोग विहीन भएर यसै थन्किएर बसेका छन् । दुई पटक गरेर प्रयोगशाला संचालनमै ७० लाख बढि खर्च गरियो । प्रयोगशाला भएको भवनमा अहिले रेसुंगा नगरपालिका वडा नं ९ को वडा कार्यालय संचालन गरिएको छ ।

अलपत्र आइसियु

गुल्मी अस्पतालमा एक बर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु यसै अलपत्र परेको छ ।
कोभिड–१९ को बेला दुई करोड बिनियोजित बजेट मध्ये डेढ करोडमा गत बर्षनै पुर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक बर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण अलपत्र छ ।
जिल्लाको सयौ जनताले उपचार गर्ने अस्पतालमा बर्षौदेखि बिशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेण्टिलेटरसहितको आइसियु उपयोग नभएर धुलाम्य बनेका छन् ।

यता अस्पताल बिकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात ल्यावको प्रयोग नआएको सत्य भएको बताउनुभयो । पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल ,सहज र कम खर्चिलोमा हुने भएको ल्यावको उपयोग नभएको दाबी गर्नुभयो ।

आइसियु संचालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको संचालन हुन नसकेको पाण्डेको भनाई छ ।

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो । तर, अहिले १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा बिशेषज्ञ डाक्टर एक जना मात्रै छन् ।

 

 

SHARE