एनसेलको टावरमा आगजनी

0
336

माघ १३, २०७६
पाल्पा : गएराती पाल्पामा एनसेलको टावरमा आगजनी भएको छ। बगनासकाली गाउँपालिका- ९ बगनास डाडामा रहेको टावरमा आइतबार राती करिब १० बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। आगजनीले टावरमा पूर्णरुपमा जलेर क्षेती भएको छ। उनका अनुसार जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, व्याट्री प्यानल, मिटर बक्स, केवल तार लगायतका सबै सामग्री जलेका छन्। आगजनी कसले र किन गर्‍यो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए।

SHARE