पाल्पाका पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधन

0
355

माघ १२, २०७६ पाल्पा  :नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट पीडित कार्कीको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । कार्कीले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए। पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कार्कीले वि।सं। २०५१ देखि २०५६ सम्म काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए।

SHARE