प्याव्सन कप क्रिकेटको उपाधि रामपुरको भुपु सैनिक बोर्डिङ्ग स्कुललाई

0
565

सुशीला रेग्मी

(पाल्पा),  पाल्पामा संचालन भएको जिल्लास्तरिय प्याव्सन कप क्रिकेटको उपाधि रामपुरको भुपु सैनिक बोर्डिङ्ग स्कुलले हात पार्न सफल भएको छ । उपाधि जित पारेपछि विद्यालयले वियजउत्सव पनि मनाएको छ ।

उपाधि जितेपछि खेलकुद कार्यमा हौसला बढेको खेलाडी विवेक गौतम बताउनुहुन्छ । प्रतियोगितामा सहभागी १४ समुहमा रिभरभ्यालीलाई आठ वीकेटले हराउँदै उपाधि जित हात पारेको टिम क्याप्टेन विशाल थापाले बताउनुभयो ।

प्याव्सन कपमा ब्याइज किक्रेट प्रतियोगितामा प्रथम र छात्रा भलिवल खेतमा तृत्तिय स्थान हासिल गर्न सफल भएको हो । यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको सार्वङ्गीण विकासमा महत्वपूर्ण भूमिका पुग्ने बताउनुहुन्छ, टिम म्यानेजर तथा शिक्षक हरिप्रसाद भट्टराई बताउनुहुन्छ ।

विद्यालयले २०७४ मा संचालन भएको क्रिकेट प्रतियोगितामा पनि उपाधि जित्न सफल भएको थियो । बेला बेलामा हुने यस्ता खेलकुद कार्यले विद्यार्थीको पठनपाठनमा ठुलो सहयोग मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनेरी क्याप्टेन देवबहादुर थापा मश्राङ्गी बताउनुहुन्छ ।

उपाधि जित हात पारेको खुशीयालीमा विद्यार्थीलाई विद्यालयले सम्मान गरेको । प्रतियोगिता पुस २५ देखि २७ सम्म आयोजना भएको थियो । विजयी उत्सवको अवसरमा विद्यालयबाट निस्केको ¥याली सदावर्त, बेझाड बजार, किसानबारि बजार, विजयपुर बजार हुँदै पुनः विद्यालयमै पुगेको थियो । विजयी ¥यालीमा शिक्षक, समितिका पदाधिकारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । क्याप्टेन विशाल थापाको नेतृत्वमा १५ जनाको टोलिको प्रतियोगितामा सहभागीता रहेको थियो ।

SHARE