पचपन्न झ्याले दरवार दाङमा पनि

0
638

दिवाकर पोख्रेल
भदौ १०,२०७९ दाङ : पचपन्न झ्याले दरवार,भक्तपुर होइन दाङमा पनि छ । बरु भक्तपुर जस्तो चर्चामा छैन । नीजी स्वामीत्वमा रहेको पचपन्न झ्याले दरवारको नत कुनै प्रचारप्रसार छ नत कोही यसको बारेमा अध्यन अनुसन्धानकै लागि आउने गरेका छन् । बरु दिन प्रतिदिन दरवार भत्कदै जिर्ण बन्दै गइरहेको छ । घर पूर्ण रुपमा बस्न मिल्ने खालको छैन ।

दाङको गढवा गाउँपालिका वडा नं ३ गोवरडीयामा रहेको पचपन्न झ्याले दरवारसंग एकसय ३२ बर्षे लामो इतिहाँस जोडिएको छ । बि.स. १९४७ सालमा शुरु गरेर १० बर्षेमा निमाण सम्पन्न भएको उक्त दरवार तत्कालिन राजपरिषदका स्थायी समितिका सभापति परसु नारायण चौधरीका वुजा जोखन चौधरीले निर्माण गर्नुभएको हो । ब्यत्तिगत रुपमा शोखको लागि निर्माण गरिएको उक्त दरवार बनाउनको लागि भारतका विभिन्न स्थानबाट दक्षकर्मीहरु ल्याएर बनाएको स्थानीय पल्लु चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामीहरुले पनि हजुरवुवा(जोखन चौधरी) को कुरा सुन्दा भारतबाट दक्ष मिस्त्री ल्याएर निर्माण गरिएको र नेपालकै नमूना दरवार बनाउने योजनाका साथ शुरु गर्नुभएको हो ।”

खासमा दरवार तीन तले हो । १०९० को भुकम्पले माथिल्लो तला ढलायो । जसबाट ५५ झ्यालको पहिचानलाई कम गरायो । अहिले रहेको दोस्रो तल्लामा पनि सिहं र हात्तीका मुत्र्तीहरु राखिएका छन् । अहिलेनि भवनको स्वरुप हेर्दा उच्च पदस्थ व्यक्ति बस्ने खालको देखिन्छ । हनुमान ढोका, कुमारी घर जस्तै काष्ठकला नि उक्तदरवारमा देख्न सकिन्छ । घरको नजिकै ठूलो हंसेश्वर महादेव मन्दिर छ । स्थानीय आशाराम चौधरीका अनुसार उक्त मन्दिर दरवार भन्दा पाँच बर्षे निर्माण गरिएको हो ।

दरवार देदा एकलो र सिङगो देखिन्छ तर उक्त दरवार निर्माण भएको पुस्तौँ वितिसक्दा त्यसको स्वामीत्व पनि सर्दै आइरहेको छ । अंशियार पनि धेरै हुँदै गइरहेका छन् । जोखनबाट उनिहरुका छोरा परसुनारायण उनका भाइहरु र छोराहरु हुर्दै अहिले चार पुस्तामा प्रवेस गरेको छ । तर दरवारलाई आ–आफ्नै हिसावले प्रयोग गर्दा संरक्षणमा थपिएको पारिवारिक सदस्यहरु नै बताउँछन । परसुनारायण चौधरीका नाती मनोज चौधरीले दरवार संरक्षणमा चासो दिएपनि यसलाई सङग्रालयको रुपमा विकास गर्न नसकिएको बताउनुभयो । यसको अंशियार धेरै भयौ, सबैको कुरा मिल्दैन सङ्ग्रालय बनाउने सफल भएको छैन,उहाँले भन्नुभयो ।

उक्त दरवार निर्माण गर्दा चौधरी परिवारले मुद्धा खेप्नु परेको छ । ठूलो,पचपन्न झ्यालको र सिंहको आकृति लगायतले निर्माण गर्दा राजपरिवार, राँणाहरुसंग टक्कर गर्न खोजेको भन्दै जोखन प्रसाद माथि मुद्धा समेत चलेको स्थानीय जेष्ठ नागरिकहरु बताउँछन । मुद्धा चलेर दुःख पाउन थालेपछि पचपन्न झ्याल मध्ये केहि झ्याल र आकृति हटाएपछि साम्य भएको थियो ।

उक्त दरवारलाई मर्मत सम्भार गर्दै थारु सङग्रालयको रुपमा विकास गर्न सरकारले प्रयास गर्दापनि घरजग्गाको स्वामीत्व धेरै हुंदा समस्या हुने गरेको छ । गढवा गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष तुलसी अधिकारीलाई दरवारको संरक्षण गर्न पहल गरेपनि सबै अंशियार जम्मा नहुने भएपनि आन्तरिक विवादका कारण सफल नभएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट दरवारलाई थारु सङ्ग्रालय निर्माणको लागि बजेट विनियोजन गरेपनि अंशियार धेरै भएका कारण काम हुन सकेन ।

SHARE