
साउन ३१,२०७९ रुपन्देहीः रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका महिला र पुरूष मृत फेला परेका छन्।


धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।
बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं। १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका हुन्।
दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।