साउन १६,२०७९दाङ : दाङमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
सोमबार दिउँसो करिब १२ बजे करेन्ट लागेर राप्ती गाउँपालिका २ का २७ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यस्तै, करेन्ट लागेर बासुकी भाउजु भीमा गाहा मगर घाइते भएकी थिइन्। उनी बेलुका साढे ६ बजेतिर डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
घर भित्र जेठानीले कपडा सुकाउने क्रममा करेन्ट लागेपछि देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेकी श्रीमतीलाई बचाउन खोज्दा श्रीमान् बासुलाई पनि करेन्ट लागेर दुवै जनाको घटनास्थलमा मृत्यु भएको थियो।