पाल्पामा बालिकालाई करणी गरेको आरोपमा ३१ बर्षीय युवा पक्राउ

0
373

असार १४,२०७९पाल्पा : पाल्पामा बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडी पक्राउ परेका हुन्।

गत असार ७ गते बेलुकी एक बालिकालाई सामुदायिक वनमा लगेर करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

SHARE