रामपुर देविस्थानमा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन

0
305

सुशीला रेग्मी्
रामपुर (पाल्पा), ८ असार :रामपुर नगरपालिका वडा नं ४ देविस्थान पाल्पामा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ ।

वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको स्वास्थ्य केन्द्रको भवन नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख थापाले स्वास्थ्यलाई प्राथमिकता दिदै आवश्यक संरचना बनाएर सेवा विस्तारमा गरिरहेको बताउनुभएको छ ।

सहभागीलाई नगर स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले धन्यवाद दिनुहुदै रु २८ लाख ८५ हजार ५७९ को लागतमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । भ्याटबाहेक रु ३० लाख २० हजार ८०५ मा ठेक्का सम्झौता भएको सो भवन एक तले तीनकोठासहित निर्माण गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सबैलाई पायक पर्ने ठाउमा रहेको यश स्वास्थ्य चौकिबाट भरपुर सेवा लिन अनुरोध गर्नुभएको छ । कार्यक्रममा नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाण र वडा नं ३ का वडाध्यक्ष दामोदर पाठक लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य चौकि व्यवस्थापन समिति उपाध्यक्ष पार्वती परियाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन दर्छा स्वास्थ्य चौकि प्रमुख पुनम जिसिले गर्नुभएको हो । बुधवार नै रानपा ७ र ९ मा पनि नवनिर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ ।

SHARE