गंगा मावि रामपुरमा शैक्षिक सामग्री निर्माण कार्यक्रम सम्पन्न

0
331

सुशीला रेग्मी
रामपुर (पाल्पा), २४ जेठ :शैक्षिक सामग्री निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा सकिएको छ ।

रामपुर नगरपालिका वडा नं ८ गंगा मावि एक्लेटारमा चार दिन सम्म सञ्चालन भएको कार्यक्रम सोमवार सकिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्यालको अध्यक्षतामा कार्यक्रम भएको प्रशिक्षक विश्व देवकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको हो ।

कार्यक्रममा वडाध्यक्ष दिनेश आचार्य, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, सीताराम माविका प्रधानाध्यापक हरीप्रसाद अधिकारी, भानुभक्त माविका प्रधानाध्यापक सुनिल देवकोटा लगायतले कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

विद्यार्थीहरुलाई कक्षाकोठामा आवश्यक पर्ने शैक्षिक सामग्री स्वयम् शिक्षकले नै तयार गरी शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गंगा माविका प्रधानाध्यापक देवराज देवकोटाले बताउनुभएको छ ।

SHARE