१९ बर्षीय किशोरी बलात्कारको आरोपमा पाल्पामा ४१ बर्षीय पौडेल पक्राउ

0
258

जेठ २०,२०७९पाल्पा : किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तानसेन नगरपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले बताए।

मंगलबार राति ८ बजे तिनाउ गाउँपालिका–३ सिद्दबाबास्थित पावर हाउस नजिकै रहेको प्रतिक्षालयमा १९ वर्षीय ती किशोरीलाई बलात्कार गरेको उनले बताए।

पीडितले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरिएको हो। जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

SHARE