रामपुरमा जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

0
329

सुशीला रेग्मी
रामपुर (पाल्पा), १८ जेठ :नेपाल महिला संघ रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत, सम्मान तथा वनभोज कार्यक्रम भएको छ ।

महिला संघ वडा सभापति जुनामाया जिसिको अध्यक्षतामा गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापा, वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, कार्यपालिका तथा वडा सदस्य माया नेपाली, कार्यपालिका सदस्य गोपाल कुमाल, वडा सदस्यहरु ईश्वरी काफ्ले, कुमार जर्घा, युवराज शाहीलाई स्वागत तथा सम्मान गरिएको छ ।

वडा कार्यसमितिले रामपुर ६ को वडा सदस्य तथा कार्यपालिका सदस्यमा निर्वाचित महिला संघका नगर सभापति शारदा आचार्यलाई पनि सम्मान गरेको छ । प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनु भएको हो । नगर प्रमुख थापाले मतदान गरी विजयी गराउनुहुने मतदातालाई धन्यवाद दिदै रामपुर नगरलाई नमुना नगर बनाउने बताउनुहुदै जनताको अपेक्षा र चाहना बमोजिम काम गर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल महिला संघ नगर सभापति शारदा आचार्य, नवनिर्वाचित वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, सल्लाहकार सरस्वती डोटेल लगायतले आफ्ना भनाई राख्नुभएको छ । महिला संघ वडा उपसभापति देवका ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा कार्य समितिका सचिव हरिकला रेग्मीले गर्नुभएको हो ।

राम्चे सामुदायिक वनमा भएको कार्यक्रममा सहभागीलाई धन्यवाद महिला संघका सचिव शोभा केसीले दिनुभएको हो ।
यसैगरी रामजानकी मन्दिर विकास परिषद रामपुर नगरपालिका ५ पाल्पाको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम भएको छ । समितिका अध्यक्ष फणेश्वर गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।
रामपुर नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापा, वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, कार्यपालिका तथा वडा सदस्य माया नेपाली, कार्यपालिका सदस्य गोपाल कुमाल, वडा सदस्यहरु ईश्वरी काफ्ले, कुमार जर्घा, युवराज शाहीलाई स्वागत तथा सम्मान गरिएको छ । नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापा, वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले निर्वाचनमा विजयी गराउनुहुने मतदातालाई धन्यवाद दिनुहुदै जनमतको कदर गर्दै नगरको विकासमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ ।

पूर्ववडाध्यक्ष हिमाल मल्ल, मन्दिरका प्राबिधिक लबकुमार नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिनुभएको छ । समितिका उपाध्यक्ष सावित्रा गैह«ेको स्वागतबाट सुरु भएको कार्यक्रममा सदस्य बुद्धिप्रकाश रेग्मीले धन्यवाद र सचिव गुरुप्रसाद रेग्मीले संचालन गर्नुभएको हो ।

SHARE