छत्रकोटमा एमालेका ६ जना कार्यपालिका सदस्य निर्वाचितःएमालेको बहुमत

0
330

अमर पन्थ
१६ जेठ २०७९ बुटवल:गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा सोमबार भएको कार्यपालिकाको निर्वाचनमा एमालेका ६ जना सदस्य निर्वाचित भएका छन ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु मतदाता रहेका थिए । निर्वाचनमा एमालेका सबै उम्मेदबार विजयी भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो योसँगै छत्रकोको गाउँ कार्यपालिकामा एमाले को स्पष्ट बहुमत पुगेको छ।

स्थानीय तह निर्वाचन २०७९ मा छत्रकोट गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ३ वडा एमालेले जितेको थियो भने ३ वडा गठबन्धनले जितेको थियो।

SHARE