अखिल नेपाल महिला संघ गुल्मीद्धारा प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण

0
497

सूर्य सुनार
जेठ १६,२०७९ गुल्मीःअखिल नेपाल महिला संघ गुल्मीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारि संघले देशमा भइरहेको महिला अधिकार हनन्, महिला विरुद्धको हिंसा, शैक्षिक क्षेत्रजस्तो संवेदनशिल क्षेत्र तथा अन्य कार्यक्षेत्रमा भएका श्रृखलावद्ध यौन दुर्व्यवहार, बलात्कार र हत्याजस्ता गम्भिर प्रकृतिका घटनाहरु बढिरहेको भन्दै यस्तो कार्यमा संम्लन दोषीलाई कारबाही गर्न जोडदार माग गरेको छ ।

भष्ट्राचार र अनियमितता बढिरहेको छ । तर सरकार भने मस्त निद्रामा भएको हुँदा जनताले दैनिक उपभोग्य वस्तुहरुको भाउ दोब्बर भन्दा पनि बढी भएकोले सर्वसाधारण जनतालाई जीवन धान्न मुश्किल पर्ने अवस्था आएको कुरा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको भाउ बढेको बहानामा सत्ता गठबन्धनको सरकारने हाने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ दोब्बर कुरा बनाएको ध्यानाकर्षण पत्रमा अखिल नेपाल महिला संघ गुल्मीकी सचिब कमला पुनद्धारा हस्ताक्षण गरिएको ध्यानाकर्षण पत्रमा भनीएको छ ।

गठबन्धन सरकारले स्थानीय निर्वाचनको बीचमा जनतालाई महगीको उपहार दिएको विषयमा अनेमसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

SHARE