सरसफाईमा जुटे रम्भाका वडाध्यक्ष ईश्वर काफ्ले

0
314

सुशीला रेग्मी
रामपुर (पाल्पा), १४ जेठ :पाल्पाको रम्भा गाउँपालिका १ का वडाध्यक्ष ईश्वर काफ्लेको नेतृत्वमा सरसफाई कार्यक्रम भएको छ ।

‘पर्यावरण जोगाऊ स्वस्थ बनौँ, प्लाष्टिक नियन्त्रण गरी उर्वरा बढाऊ’ भन्ने अभियानका साथ वडाध्यक्ष काफ्ले सहित वडा सदस्य खेमानन्द अधिकारी र स्थानीय बासिन्दाको सक्रियतामा सरसफाई कार्यक्रम भएको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सडक आसपास क्षेत्रमा थुप्रिएका प्लाष्टिकजन्य फोहोरमैला सरसफाई गर्ने काम भएको स्थानीय ऋषिराम अर्यालले बताउनुभयो ।

हरेक हप्ताको शनिवार गाउँ, टोलमा सरसफाई कार्यक्रम गर्ने वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

सामाजिक क्षेत्रमा सक्रिय वडाध्यक्ष काफ्लेले प्रत्येक नागरिकले घर–घरबाटै सरसफाई अभियानमा सहभागी भएर आफ्नो गाउँघर सफा र सुन्दर बनाउन सकिने बताउनुहुन्छ ।

SHARE