
जेठ २,२०७९ गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमालेका टीकाराम पाण्डे विजयी भएका छन् । पाण्डेले ६ हजार २६७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पारीश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिद्धन्द्धी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।








