पाल्पामा फर्जीमत खसेको विवादमा झडप, प्रहरीको अश्रुग्यास

0
418

जेठ २,२०७९पाल्पा : पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन्। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो। घाइतेहरूमा ३ जना सुरक्षाकर्मी र ३ जना मतदाता रहेको बुझिएको छ।

रम्भा–५ ताहुँको मतगणना हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो। निर्वाचन अधिकृतको कार्यालयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले ३ जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रु ग्यास हानेको बताए। उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गरे।

SHARE