कालीगण्डकी १ मा एमालेका लालु र २ मा कांग्रेसका रेश्मीराज विजयी

0
403

जेठ १,२०७९गुल्मीः कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरको वडा अध्यक्षमा नेकपा एमालेका लालु पाण्डेको प्यानल नै विजयी भएको छ ।
लालु पाण्डेले ७२७ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका रबिन्द्र पाण्डेले ६४१ मत प्राप्त गरी पराजित भएका छन् ।

कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्र वीच तालमेल भएको छ । हर्मिचौरबाट एक हजार ४३८ मत खसेको थियो ।

यस्तै कालीगण्डकी गाउँपालिक वडा नम्वर २ अर्बेनीको वडा अध्यक्षमा नेपाली कांग्रेसका रेश्मीराज न्यौपाने विजयी भएका छन् ।

उनले ७५६ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराम न्यौपानेले ७५५ मत प्राप्त गरी पराजित भएका छन् ।

SHARE