वैशाख २९,२०७९ : दाङको घोराही उपमहानगरपालिका १० बुद्ध चोकस्थित एक घरमा भएको आगलागीमा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विद्युतीय तार सर्ट भइ बिहीबार आगलागी हुँदा लत्ताकपडा सुन, नगद लगायतका अन्य सामान जलेर नष्ट भएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माका अनुसार आगलागीको सूचना पाउनासाथ खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।