उपमेयर पदका उम्मेदवार कुर्मीको मृत्यु

0
578

वैशाख २७,२०७९ कपिलबस्तु :महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवारको हृदयघातका कारण मृत्यु भएको छ ।

नगरपालिकाका पूर्व उपमेयर तथा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएकी शुभावती कुर्मीको सोमबार राती निधन भएको हो ।

हृययघात भए पछि कुर्मीलाई उपचारको लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । राती १ बजे कुर्मीको निधन भएको स्थानीय व्रिजेश यादवले जानकारी दिए।

SHARE