बैशाख १७,२०७९ गुल्मीः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी चन्द्रकोटको गठबन्धन मतदाता भेटनमा ब्यस्त छन् ।
निर्वाचन कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरे संगै गठबन्धन मतदाता भेटन र आफना एजेन्डाहरुलाई मतदात समक्ष पुर्याउनका लागी मतदाता भेटनमा ब्यस्त रहेको चन्द्रकोटको गठबन्धनले जनाएको छ ।
सोही अनुसार दिवु्रङको दहबाट मतदाता भेटघाट कार्यक्रमको सुरुवात गरिएको छ ।
चन्द्रकोटमा गठन्धनमा माओवादी केन्द्रको तर्फाबाट अध्यक्षमा युवराज केशी र नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा बिष्णुप्रसाद भण्डारी सहितको प्यानल चुनावी मैदानमा रहेको छ ।
उता नेकपा एमालेको तर्फबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्याल सहितको प्यानल निर्वाचनमा छ ।