रामपुरमा सुस्त श्रवण पहिचान शिविर

0
501

सुशीला रेग्मी
बैशाख ११,२०७९ पाल्पाः पाल्पाको रामपुर नगरपालिकामा चलेको एक दिने सुस्त श्रवण पहिचान शिविरमा ८६ जनाले सेवा लिएका छन् । नगरभित्रका नागरिकको सहजताका लागि शिविर आयोजना गरिएको हो ।

शनिवार चलेको एक दिने शिविरमा नगरका दशवटै वडाका नागरिकले सेवा पाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविरमा कान नसुन्ने र बोल्न नसक्नेको अवस्था परिक्षण गरिएको छ । परिक्षण गरिएका ८६ जनामध्ये १३ जना बाहेक सबैको नियमित उपचार गरेर सुन्न र बोल्न नसक्ने समस्या समाधान हुने टोलीमा खटिएका डाक्टरले जानकारी गराएको रामपुर नगरपालिकाका महिला बालबालिका सहायक महिला विकास निरीक्षक पुजा परियारले बताउनुभयो ।

कानले नसुन्न र बोल्न नसक्ने क्षमता भएका नागरिकलाई औषधी उपचारका निम्ति लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नै जानुपर्ने बाध्यता छ । अस्पतालसम्म आवतजावतमा झमेला, गरिव, विपन्न परिवारमा आर्थिक समस्या हुने भएकाले नागरिकलाई सहज सेवा दिन रामपुरमै शिविर आयोजना गरी सेवा दिइएको हो । गाउँघरमा नै सेवा पाउँदा नागरिक उत्साहित छन् ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाक, कान, घाँटी बिशेषज्ञ डाक्टर मधुसुदन श्रेष्ठ, कार्डियोलोजिष्ट इन्द्र सुनार लगायतको टोलीले सेवा दिएको हो । स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन महिला बालबालिका सहायक महिला विकास निरीक्षक सिर्जना रेग्मीले गर्नुभएको हो ।
ञज्ञ

SHARE